काठमाडौँ – आखिल नेपाल फुटबल संघले आजदेखि शुरू हुन लागेको त्रिदेशिय फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ ।


ADVERTISEMENT


विज्ञप्ति जारी गर्दै संघका प्रवक्ता किरण राईले आज साँझ ५ः३० मा युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ्गले खेलको उद्घाटन गर्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


एन्फाले प्रतियोगितामा १ करोड खर्च हुने र प्रतियोगिताबाट १ करोड ५० लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ। टिकेटिङतर्फ सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।

प्रतियोगितामा पहिलो हुने टोलीले ५ हजार डलर र दोस्रो हुने टोलीले ३ हजार डलर पाउने प्रवक्ता राईले जानकारी दिए।

प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश र किर्गिस्तानको यू २३ टिमले प्रतिस्पर्धा गर्दैछन् भने आज पहिलो खेलमा बंगलादेश र किर्गिस्तान भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० देखि हुन लागेको खेल आगामी चैत १६ गतेसम्म चल्नेछ ।