वाग्मती– प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरस्कारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार रु. १० लाखबाट बढाएर रु. १५ लाख पुर्‍याउन र दोस्रो पुरस्कार रु. पाँच लाखबाट रु. १० लाख पुर्‍याउन उपमहानगरपालिकाले सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो । रासस