काठमाडौँ– सरकारले निर्वाचन सार्ने सूचना पाएको दाबी गर्दै माओवादी केन्द्र मंगलबार नै सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ ।


ADVERTISEMENT


मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले भने, ‘सरकारले निर्वाचन सार्नका लागि ड्राफ्ट तयार पारिएको सूचना हामीले पायौं । त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्‍यौँ ’  प्रधानमन्त्री देउवाले माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दबाब दिँदै आएका छन् । तर, माओवादी भने सरकारबाट बाहिरिने या रहिरहने भन्नेमा अलमलमा छ ।


ADVERTISEMENT

# # #


प्रचण्डले राजीनामाबारे बाम गठबन्धनमा समेत छलफल गरेको बताइएको छ । छलफलमा एमाले अध्यक्ष केपी ओलीले राजीनामा नदिइहाल्न सुझाव दिएपछि अब के गर्ने भन्नेमा माओवादी अलमलमा रहेको स्रोतको भनाई छ । यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको थियो ।

तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको छ ।  नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् ।