काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक चैत्र १० गते दिउँसो १ बजे बस्ने गरी शुक्रबारको बैठकलाई अन्त्य गरेका हुन् ।


ADVERTISEMENT


आजको बैठकको सुरुमा सभामुख सापकोटाले बैठकमा १० दिन भन्दा बढी पटक अनुपस्थित हुने २१ जना सांसदको अनुपस्थितिको सूचना स्वीकृतिका लागि सुनाएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्माओलीको तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको २१ औँ प्रतिवेदन (२०७६ साउन–२०७७ असार) र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि बैठकलाई सरकारका तर्फबाट परराष्ट्रमन्त्रीप्रदीप ज्ञवाली र विभिन्न दलका नेताहरुले सम्बोधन गरेका थिए । यस्तै बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रतिको शोक प्रस्ताव पारित भएको छ ।