सिमकोट – कर्णाली करिडोरको अवस्था बुझ्न विज्ञटोली स्थलगत अनुगमनमा हुम्लाको सलीसल्लासम्म पुगेर फिर्ता भएको छ । यो टोलीको अनुगमन प्रतिवेदनका आधारमा सडकको थप सुधारको काम हुने भएको छ ।


ADVERTISEMENT


कर्णाली करिडोरका विभिन्न खण्डमा निर्माण हुँदै गरेको सडक तथा पुलपुलेसाको अवस्था के कस्तो छ भनेर सोको प्राविधिक अध्ययनका लागि प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाको नेतृत्वमा सडक विभाग पुल महाशाखाका वरिष्ठ इञ्जिनीयर अंगलाल रोकाया र इञ्जिनीयर लीलाबहादुर भण्डारीसहितको तीन सदस्यीय टोली उपस्थित रहेको छ ।


ADVERTISEMENT

# # #


सो टोलीले करिडोरको कालीकोटको खुलालुदेखि बाजुराको लैफु, हुम्लाको सलीसल्लासम्मको स्थलगत अनुगमन गरेको उक्त टोलीका सदस्य वरिष्ठ इञ्जिनीयर रोकायाले जानकारी दिए । हुम्लाको कबाडीदेखि सल्लीसल्लासम्मको सडकको लम्बाइ ३९ किलोमिटर छ । यसमध्ये २७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने अब १२ किलोमिटर निर्माणधीन अवस्थामा छ । बाजुरा र हुम्ला खण्डको काम राम्रो देखिएको छ भने कालीकोटमा पर्ने ४० किलोमिटर सडकलाई स्तरवृद्धि गर्नुपर्ने उक्त टोलीले जनाएको छ ।

निकट भविष्यमा नेपाली सेनाले सो सडक विभागलाई बुझाएपछि मापदण्डअनुसार वैधानिकरुपमा बाटो इजाजत खुला हुने भएको छ । यसबाट हुम्लाका दक्षिण भेगका तीन गाउँपालिका सडक सञ्जालमा छिट्टै जोडिने भएका छन् ।