दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौँडा निवासी टीकाराम पौडेलले ८४औं जन्मदिनको अवसरमा कविता सङ्ग्रह बजारमा ल्याएको छ। ‘विगत र वर्तमान’ कविता सङ्ग्रह पौडेलको पहिलो साहित्य कृति हो ।


ADVERTISEMENT


कविता सङ्ग्रहको गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले विमोचन गरेका थिए । सो अवसरमा प्रदेशसभा सदस्य पहारीले मानवीय जीवनको अभिव्यक्ति नै साहित्य भएको चर्चा गरे। गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको पहारीको भनाइ थियो ।


ADVERTISEMENT

# # #


चौरासी पुष्ठ लामो कविता सङ्ग्रहमा ८४ कविता सङ्ग्रृहीत छन् । शुक्ला साहित्य सङ्गम तनहुँले प्रकाशन गरेको सङ्ग्रहमा संस्कृति, संस्कार, विकृति, विसङ्गतिका विषयलाई समावेश गरिएको छ । बुबाको सिर्जनालाई जीवन्त राख्न पुस्तक नै प्रकाशन गरेको टीकारामका छोरा मोतीप्रसाद पौडेलले बताए । ‘उहाँले पहिल्यैदेखि कविता लेख्नुहुन्थ्यो । कविता लेख्ने थन्क्याउँदै राख्ने गर्नुहुन्थ्यो, त्यसैलाई पुस्तकको रुप दिइएको हो’, उनले भने ।

पोखरा महानगरपालिकास्थित भलाममा जन्मिएका दुलेगौँडा निवासी पौडेल पूर्व शिक्षक समेत हुन् । रासस