काठमाडौँ – नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा आजदेखि शुरू हुँदैछ । दुई दिनसम्म चल्ने कार्यकर्ता भेला सानेपास्थित होटल हेरिटेज गार्डेनमा बुधबार बिहान ११ बजेदेखि शुरू हुँदैछ ।


ADVERTISEMENT


भेलाको सबै तयारी पूरा भइसकेको उक्त समूहले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेलामा २ हजार बढी कार्यकर्ता सहभागी हुने उक्त समूहले जनाएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भेला नगर्न निर्देशन दिएका थिए, तथापि उक्त समूहले पूर्वनिर्धारित भेलालाई जारी राखेको हो ।

ओली समूहले कार्यकर्तालाई उक्त भेलामा नजान भनेकोमा माधव–खनाल समूहका नेता योगेश भट्टराई पूर्वनिर्धारित समयमा भेला हुने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।