उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ। ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार सेप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित इजरायली राजदूतावासबीच समझदारी भएको थियो। उक्त समझादारीको अवधिसम्म एकजना पनि इजरायल जान सकेनन्। तोकिएको अवधिसम्म जान नपाएका कामदारको गुनासोबाट आजित भएपछि विभागले गरेको तारन्तर प्रयासले अक्टोबर २ तारेखमा पाँचजना मात्र इजरायल उड्न पाएका छन्।


ADVERTISEMENT


कार्यतालिका अनुसार विभागले इजरायलमा केयर गिभरको काम गर्न जाने ६० जना छनोट गरी तयारी अवस्थामा राखिसकेको छ । ‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलको रोजगारीमा जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका निर्देशक मोहन अधिकारीले भने, ‘तर, कार्यतालिका अनुसार इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका कामदार उड्न पाएका छैनन् ।’


ADVERTISEMENT

# # #


विभाग स्रोतका अनुसार नेपालका मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग आउन नसकेको हो । विभागका एक अधिकारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयर गिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका मेनपावरको प्रलोभनमा परेर माग पठाउन नसकेको हो ।’
केही वर्ष अघिसम्म मेनपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जिटुजी ९दुवै देशका सरकारी निकायको सहभागिता० प्रक्रियाद्वारा मात्र केयर गिभर लैजाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय जनालाई केयर गिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो। उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना इजरायल उडिसकेका छन् । त्यहाँ गएका सबैले राम्रो क्षमता देखाएपछि ६ महिनाअघि विभागले दोस्रो चरणको कार्यक्रम थालेको थियो । विभागले दरखास्त संकलन गरी लिखित र प्रयोगात्मक परीक्षा लिएर सबै प्रक्रिया समयमै पूरा गरेको निर्देशक अधिकारीले बताए।

‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ अधिकारीले भने, ‘तर, उताबाट माग नआउँदा तयारी अवस्थामा रहेका कामदार पठाउन सकिएको छैन ।’ महिनामा एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने र जाँदा ९हवाई भाडा, स्वास्थ्य परीक्षणसहित० एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले पछिल्लो समयमा युवायुवतीले इजरायल रोजगारी निकै मन पराएका छन्।

केयर गिभरको तीनमहिने तालिम लिएका युवायुवती सोही काममा लागि सक्षम हुने भए पनि केयर गिभरका लागि नर्सिङ, अनमी, अहेव अध्ययन गरेकाले समेत प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको केयर गिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेव, अनमी थिए । केयर गिभरको काम वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।