काठमाडौँ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पार्टीलाई धम्क्याएर, तर्साएर ठेगान लगाउँछ भन्ने नसोच्न माधव नेपाल समूहलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैले आयोजना गरेको एमालेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विधि र विधान अनुसार चल्ने भएकाले नहाहिने कुराका अघि नलत्रिने दोबी गरे ।


ADVERTISEMENT

# # #


उनले अघि भने, ‘सत्यसँग हामी लड्दैनौँ । बेठिक गर्नेहरुसँग हामी झुक्दैनौँ ।’

ओलीले राखेको उक्त चियापान कार्यक्रममा माधव समूहका नेताहरुको उपस्थिति रहेको छैन । माधव समूहका नेताहरु नआएको देखेपछि ओलीले पार्टी अध्यक्षले बोलाएको चियापानमा नआए कसकोमा जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले चियापानमा नआउनु राम्रो लक्षण नभएको जिकिर गरे । ‘एकथरी अनुहारहरु देखिएन आज । राम्रो लक्षण होइन यो । कुनै कारणवस यहाँ आउन भ्याउनुभएन भन्ने म ठान्दछु । उहाँहरुले हिजो निर्णय गरेर चियापानमा नजाने भन्नु भएछ । पार्टी अध्यक्ष, प्रधानमन्त्रीले बोलाएको चियापानमा नगएर कसकोमा जानुहुन्छ ?’ उनले भने, ‘हुन त सबैलाई थाहा छ, कसको निम्ता पाए जान चाहनुहुन्छ भनेर ।’

माधव समूहले चैत्र ४ र ५ गतेका लागि राष्ट्रिय भेलाको आयोजना गर्दैछ । प्रधानमन्त्री ओलीले उक्त भेलालाई तमासाको संज्ञा दिँदै त्यसतर्फ पनि आफूले आँखा पुर्‍याउने बताए ।
‘भालिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु, र कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ ।’