काठमाडौं – नेपाल क्रिकेट संघ(क्यान)ले त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामीमाथि कारबाही गरेको छ । बागमती विरुद्धको खेलमा त्रिभुवन आर्मीका सोमपाल कामी अभद्र ब्यवहार गरेको आरोपमा कारबाहीमा परेका हुन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघले बागमती विरुद्धको खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबीनको क्रममा दोषी पाइएको जनाएको छ । उनलाई खेलाडी संहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अङ्क घटाउनुका साथै चेतावनी दिइएको क्यानले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को खेलाडी आचार संहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिब्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ । मेयर्स कप क्रिकेटको बागमती र त्रिभुवन आर्मी क्लबबीचको स्पर्धामा म्याच रेफ्री रहेका समीर खानले कारबाहीबारे जानकारी गराएका छन् ।