काठमाडौँ– बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनः निर्माण हुने भएको छ । निर्माण अवधिको लामो समयका कारण जिर्ण बनेको सो धर्मशाला भारत सरकारको आर्थिक सहयोगमा पुनः निर्माण हुन लागेको हो ।


ADVERTISEMENT


निर्माण कार्यलागि अघि बढाउनको निमित्त बिहिवार नै धर्मशालाको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ । उक्त शिलान्यास कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा भारतको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले सहभागिता जनाएका थिए ।


ADVERTISEMENT

# # #


नेपालको सांस्कृतिक सम्पदाको संरक्षण एवम् पुर्नस्थापना सहयोगकोे निम्ति भारतले पहिलेदेखि नै प्रतिबद्वता जनाउँदै आएको छ । यसैअन्र्तगत गत सन् २०१७ अगस्टमा नेपाल–भारतबीच भएको सम्झौता अनुरुप नै भारतले पुर्नस्थापनाका लागि सहयोग लागेको हो ।

भारतको कुल ५.८ अर्बको आर्थिक सहयोगको लागतमा बन्न लागेको २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्थापना परियोजना अन्र्तगतको यो तेस्रो परियोजना हो ।