काठमाडौैँ– मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो । काठमाडौँ मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशङ्कर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाएका थिए । बलिङतर्फ एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन–तीन तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ । वाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । वाग्मतीले ४६ ओभरमा सात विकेटको क्षतिमा २४४ रन बनाएको छ । वाग्मती प्रदेशबाट खेलिरहेका पारस खड्काले शतकीय पारी खेलेका छन् ।

खड्काले १३३ बल खेल्दै ११९ रन बनाए। उनले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गरेका थिए । रासस