काठमाडौँ – सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता नै भंग गरिदिएपछि एक गुटका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल छुट्टिएका छन् ।


ADVERTISEMENT


आइतवार नेकपा नाम विवादबारे फैसला गर्दै सर्वोच्चले पूर्वपार्टी ब्युँताइदिएको थियो । सर्वोच्चको निर्णयपछि सोमवार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी वैठकले अलग हुने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


वैठकमा अस्पष्ट रुपमा नेताद्वय प्रचण्ड र नेपालले अदालतले अनपेक्षित फैसला दिएपनि फैसला मानेर आफ्नो आफ्नो बाटोतर्फ लाग्नुपर्ने संकेत गरेका थिए ।
तत्कालीन माओवादी र एमालेका नेता कुनै निर्णय नहुँदै वैठकबाट बाहिरिन थालेपछि नेपाल र प्रचण्डले छुट्टिएर जाने निर्णय गरेका हुन् ।

अदालतको फैसला मानेर आगामी दिनमा छलफल गरेर एकै उद्देश्यका साथ पुरानै पार्टीबाट संघर्ष गर्ने निर्णय वैठकले गरेको हो ।