काठमाडौँ – नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसालापछि प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार एमाले र माओवादी अलग अलग हुने निर्णय गर्नुअघि बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठकपछि बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा दिने विश्वास व्यक्त गरे । उनले राजीनामा नदिए आफूहरुले छलफल गरेर आवश्यक निर्णय गर्ने बताए ।


ADVERTISEMENT

# # #


नेता श्रेष्ठले बैठकले सर्वोच्च अदालतले नामका बारेमा आदेश गर्नुपर्ने उत्तरदायित्व हुँदाहुँदै त्यो भन्दा बाहिरि गएर र्फैसला गरेको भन्दै असहमति जनाएको बताए । सर्वोच्चको फैसलालाई रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर गरिएको राजनतिकी फैसलाका रुपमा लिएको बताउँदै उनले भने, ‘रिट निवेदकको दाबी अनुसार फसला हुँदा हामी स्वीकार गर्ने नै थियौँ । तर, रिट निवेदकको मागभन्दा बाहिर गएर कुनै पार्टीको एकिकरणमाथि प्रश्न चिन्ह खडा गर्ने फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।’

यद्दपी उनले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताए । उनले आगामी दिनमा पाटीए एकीकरणका लागि पनि पहल जारी राख्ने उल्लेख गरे । ‘एमाले र माओवादीबीचको पार्टी एकताको उद्देश्य अत्यन्त सही थियो भन्ने समीक्षा गरेका छौँ ।’ नेता श्रेष्ठले भने, ‘नेपालका कम्युनिस्टलाई एकै ठाउँमा ल्याउने प्रक्रियालाई जारी राख्नेछाँै ।’

उनले संविधान र लोकतन्त्रलाई अघि बढाउन अन्य शक्तिहरुसँग पनि सहकार्य गर्ने जानकारी दिए ।