पोखरा– आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ ।


ADVERTISEMENT


नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता र सेमिनार आयोजना गरिने नेपाल मुआथाइ सङ्घका केन्द्रीय महासचिव सुदीप पण्डितले जानकारी दिए ।

सेमिनारमा अन्तरराष्ट्रिय मुआथाइ महासङ्घका प्रतिनिधि एवं प्रशिक्षकबाट नेपालका मुआथाइ खेलाडी तथा अफिसियललाई प्रशिक्षण एवं रेफ्री कोर्षबारे प्रशिक्षण दिईनेछ। प्रशिक्षणका लागि थाईल्याण्डबाट मुआथाइका अन्तरराष्ट्रिय निर्णायक आउने जनाइएको छ । चैत २४ देखि २८ गतेसम्म सेमिनार तथा चैत २९ देखि ३१ गतेसम्म अन्तरराष्ट्रिय मुआथाइ महासङ्घको नियममा रहेर प्रतियोगिता सञ्चालन हुने बताइन्छ । राष्ट्रिय मुआथाई च्याम्पियनसीपमा देशका सातै प्रदेशका २१ जिल्लाबाट प्रशिक्षक, निर्णायक र खेलाडी गरी ४०० जनाको सहभागिता रहने छ ।

प्रतियोगितामा खेलाडीले ४५ केजीदेखि ९१ केजी तौलसम्म विभिन्न सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दीपकबहादुर गोदारले जानकारीदिए । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका सङ्घका कोषाध्यक्ष सम्पन्न श्रेष्ठले अन्तर्राष्ट्रिय सेमिनारका माध्यामबाट नेपालका लागि मुआथाइको अन्तरराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट प्रशिक्षक तथा निर्णायक उत्पादनमा सघाउ पुग्ने बताए। रासस