काठमाडौँ – २० प्रतिशत नागरिकलाई पुग्ने गरी कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपअन्तर्गत पहिलो चरणको खोप नेपाल आइपुग्ने भएको छ ।


ADVERTISEMENT


पहिलो चरणमा साढे तीन लाख खोप आउन लागेको हो ।


ADVERTISEMENT

# # #


आइतवार बिहाना ११ बजे भारतबाट ३ लाख ४८ हजार डोज नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउँदैछन् ।

यसअघि नेपालमा लगाउँदै आएको भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिडशिल्ड खोप नै कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आउन लागेको हो ।