• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




संसदीय दलको नेताबाट ओलीलाई हटाएर दाहाल

Mar 6, 2021 |

संसदीय दलको नेताबाट ओलीलाई हटाएर दाहाल

578
SHARES
ShareTweet

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको छ ।


ADVERTISEMENT


ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रवार बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । अध्यक्ष दाहाललाई दलका नेताका रुपमा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गरेका थिए भने सांसद पम्फा भूसालले समर्थन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो ।

समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतःनरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भत्र्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको छ । बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्वाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठह¥याएकाले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग पनि गरेको छ । दलको बैठकले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको भने स्वागत गरेको छ ।

यस्तै ताप्लेजुुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलार्ई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुुरुङले जिकिर छ। रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousकांग्रेस संसदीय दलको बैठक : संसदमा सत्तापक्षको प्रस्तुती हेरेर उचित निर्णय लिने
Nextचितवनमा फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाखको क्षति

ताजा खबर

  • काठमाडौँमा थप १०० स्मार्ट विद्युतीय बस चलाउन छलफल
  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
  • राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट, कर्णाली करिडोरलाई व्यापारिक मार्गका रुपमा अघि बढाइने
  • काँगेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशनका लागि क्यालेन्डर बनाउनुपर्नेमा जोड
  • आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved