काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष संसद् सचिवालयलाई पठाएको पत्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण जनाएका छन् ।


ADVERTISEMENT


प्रचण्डले यही फागुन ११ गते सङ्घीय भएको बताउँदै पार्टीको संसदीय दलको नेतामा प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको स्पष्ट गरेका छन् ।


ADVERTISEMENT

# # #


नेकपाको विधान २०७५अनुसार संसदीय दलको नेता चयन भएका अध्यक्ष ओली, उपनेता सुवाचन्द्र नेम्बाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरी नै रहेको तथा उनीहरूबाट पार्टीको प्रतिनिधित्व, आवश्यक निर्णय हुँदै आएको र भविष्यमा पनि सोहीअनुरुप हुने स्पष्ट गर्दै मुख्य सचेतक भट्टराईले संसद् सचिवालयलगायत सबैमा द्विविधामा नपर्न ध्यानाकर्षण गराएका छन् ।

मुख्य सचेतक भट्टराईले आज विज्ञप्ति जारी गरी निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णयअनुसार पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था भएको स्मरण गराएका छन् । उनले आयोगको निर्णयविपरीत गरिएका पत्राचारले मान्यता नपाउने वास्तविकतातर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् ।