काठमाडोँ– पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु. ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु. ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको हो ।


ADVERTISEMENT


छापावाला सुन बिहीबार तोलामा रु. ८६ हजार ५०० मा कारोवार भएको थियो । यसैगरी, तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु. ८६ हजार ५० मा कारोवार भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले घटेको छ । तोलामा रु. एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु. एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस