काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले सिद्धार्थनगर नगलपालिका–४, दोगहराको श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।


ADVERTISEMENT


बैँकले सोमबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमका बीच पोशाक वितरण गरेको हो । सिद्घार्थनगर नगलपालिका–४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबवद्धता जनाएको छ ।