लुम्बिनी– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् ।


ADVERTISEMENT


प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल– नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गरे । ‘उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहको प्रयास निरर्थक हुनेछ; उनले भने ।

महासचिव पौडेलले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने उल्लेख गरेका छन् । उनले जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने जनाएका छन् । रासस