काठमाडौँ – भूमिगत विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । बुधवार र बिहीवार सरकार–विप्लवबीच भएको वार्तामा ३ बुँदे सहमति भएको हो ।


ADVERTISEMENT


सहमतिअनुसार विप्लव हिँसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने भएको छ । सरकारले २०७५ देखि उक्त समूहमाथि लगाएको प्रतिवन्ध हटाउने, विप्लव नेतामाथि लागेका मुद्दा खारेज गरी बन्दी रिहाई गर्ने सहमति भएको सरकारी वार्ता टोली सदस्य डा. राजन भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


शुक्रवार प्रतिवन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको औपचारिक कार्यक्रम संयुक्त रुपमा एउटै मञ्चबाट सम्बोधन गर्ने जानकारी नेता भट्टराईले दिए ।