रौतहट– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद् आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।


ADVERTISEMENT


गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका ६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज पुगेका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद् आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए ।

महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ । रासस