काठमाडौँ – सरकारले थप कोरोनाविरुद्धको ५० लाख डोज खोप खरिद गर्ने भएको छ ।


ADVERTISEMENT


भारतले दिएको १० लाख डोज खोप अनुदानपछि नेपालले माघ १४ गतेदेखि नेपालमा खोप अभियान शुरु गरेको थियो । त्यसपछि सरकार आफैले सिरमसँगै २० लाख डोज खोप खरिद गरेर अभियानलाई थप विस्तार गर्ने निर्णय गरेको थियो । जसअन्तर्गतको १० लाख डोज खोप आइसकेकोमा थप १० लाख डोज खोप २३ गते आउने तयारीमा छ ।


ADVERTISEMENT

# # #


अर्थ मन्त्रालयबाट खोप खरिदका लागि स्रोत सुनिश्चित गरिएकोमा थप खोप सिरमबाटै ल्याउने वा अन्य कम्पनीबाट भन्ने निर्णय नभइसकेको संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिका सचिव लक्ष्मण अर्यालले बताए ।