काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफूलाई हटाएर देखाउन पुनः चनौती दिएका छन् ।


ADVERTISEMENT


मंगलबार झापाको बिर्तामोडमा प्रसाईंको लागानीमा बनेको ३०० शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन सजिलो नभएको दाबी गरेका हुन् । उनले कसैले हटाइहाले पनि डेढ वर्षपछि हुने निर्वाचनमा आफू दुई तिहाई लिएर पुनः सिंहदरबार फर्किने जिकिर गरे ।


ADVERTISEMENT

# # #


‘फेरि पनि भन्न चाहन्छु, मलाई कसैले हटाउन सक्छ भने हटाओस् तर सजिलो छैन । हटाउन सक्छ भने हटाओस् खुसी साथ हट्छु ।’ उनले भने, ‘तर अहिले नै भनिदिन्छु, आउँदो चुनावमा, डेढ वर्ष–दुई वर्षपछि त चुनाव आइहाल्छ, दुई तिहाईका साथ फेरि सिंहदरबार फर्किन्छु ।’

उनले यो पाऊँ, त्यो पाऊ भनेर आफूले कसैलाई निवेदन नहालेको र यदि हाल्नु परेमा जनताका बीचमा गएर हाल्ने बताए ।

राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकीहरुसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने प्रधानमन्त्रीको भनाई छ । नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गर्दै उनले भने, ‘नेपाली जनताले दुःख पाए वा पाउन् जेसुकै होस्, अर्काका लागि कम्फर्टेबल सरकार होइन, नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो ।’

केही दिन पहिले एउटा टेलिभिजन कार्यक्रममा प्रचण्डले आफूहरुको समूह, नेपाली कांग्रेस र जसपा मिल्दा भारतका लागि ‘कम्फर्टेबल’ सरकार बन्ने बताएका थिए । अरुलाई खुसी पार्ने काम आफूहरुको नभएको भन्दै उनले भने, ‘हामी नेपाली जनतालाई खुसी पार्छौं । हाम्रो गन्तव्य ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने हो ।’