विराटनगर – अर्थसचिव शिशिर ढुङ्गानाले आगामी बजेट कोरोनाले प्रभावित अर्थतन्त्रलाई सघाउने गरी आउने बताएका छन् । आइतवार विराटनगरमा भएको पूर्वबजेट छलफलसम्बन्धी एक कार्यक्रममा आर्थिक पुनरुत्थान हुने गरी बजेट ल्याउन लागिएको बताए ।


ADVERTISEMENT


यसका लागि आन्तरिक र बाह्य ऋण पनि लिइने उनले बताए । व्यवसायीहरुले सरकारले लिइरहेको कर बढी र अव्यवहारिक भएको गुनाशो राखेकोमा उनले यस विषयमा समाधाननजिक पुगेको संकेत गरे । करको विषयमा छलफल भइरहेकाले कर पुनःविचार गर्नेगरी छलफल गरिरहेको उनले बताए ।


ADVERTISEMENT

# # #