सिरहा– प्रहरीको टोलीले दुई लाख ५० हजार अवैध भारतीय नोटसहित सिरहाबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत २ निवासी ६० वर्षीय चतुरी यादव रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई रु. दुई हजार दरको तीन थान र ५०० दरको ४८८ थान गरी रु. दुई लाख ५० हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीको भनाइ छ । रासस