काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सरकारका विकासका काम देखेर आफूमाथि शारीरिक हमला हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका कामहरू देखेर देशी–विदेशी तत्त्वबाट प्रहार खेपिरहेको बताएका हुन् । उनले आफूमाथि शारीरिक हमला भए पनि अनौठो मान्नु नपर्ने बताए । यद्दपी आफू त्यस्तो हुन नदिने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘विकास निर्माणको कामले गति लिइरहेको कारणले ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने ओलीको भनाइ छ ।

‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’ ओलीले भने ।