काठमाडौँ – मन्त्रिपरिषद्को वैठकलेले प्रतिनिधि सभाको वैठक आगामी फागुन २३ गते बैठक डाक्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले फागुन २३ गते दिउँसो ४ बजे वैठक डाक्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यालेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेकी थिइन् । तर उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको प्रतिनिधि सभा पुनःस्थापन गरी १३ दिनभित्र संसद् वैठक बोलाउन फैसला गरेको थियो ।
यसअघि नै मन्त्रिपरिषद्ले २३ गते वैठक बोलाउने निर्णय गरेपनि आजको वैठकले औपचारिक निर्णय गरेको हो ।