नयाँदिल्ली – पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले आफूलाई न्युरो–इन्डोक्राइनको ट्युमर नभएको जानकारी दिए ।


ADVERTISEMENT


अध्यक्ष भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरको शंका भएपछि चिकित्सकले परिक्षणका लागि भारत जान सुझाव दिएका थिए । नेपाली चिकित्सकको सुझावपछि फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उनको स्वास्थ्य परीक्षण भइरहेको थियो ।
देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई÷तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका छन् ।


ADVERTISEMENT

# # #