काठमाडौँ – धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा तीन महीने क्रिटिकल केयर नर्सिङ तालीम शुरू भएको छ । आइतवारदेखि १० औँ ब्याचअन्तर्गतको तालीम शुरु भएको हो ।


ADVERTISEMENT


तालीममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका अन्य नर्सिङ स्टाफहरु सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


तालीमा का लागि अस्पतालले फागुन पहिलो साता आवेदन खुला गरेको थियो । आवेदन दिएकामध्येबाट लिखित परीक्षा र अन्तवार्ताबाट अस्पतालले ३१ नर्स तालीमका लागि छनोट गरेको थियो । तालीममा क्रिटिकल नर्सिङमा चासो भएका देशभर विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु सहभागी छन् ।

ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

तालीमका लािग अस्पतालले नर्सिङ एशोसिएसन अफ नेपाल (सिसिनान)सँग सहकार्य गरी क्रिटिकल नर्सिङसम्बन्धी विशेष पाठ्यक्रम तयार गरेको छ ।

ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

तालीमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष आरएस भण्डारीले यस तालीमले देशको क्रिटिकल केयर नर्सिङलाई थप व्यवस्थित बनाउने विश्वास गरेको बताए ।

ह्याम्स हस्पिटलमा ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु

उद्घचाटन समारोहमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, आईसीयु विज्ञ प्रा.डा. अर्जुनबहादुर कार्की, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. लोचन कार्की सिसिनानकी अध्यक्ष लक्ष्मी केसी लगायतको उपस्थिति रहेको थियो ।