काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अदालतको अवहेलना मुद्दाबारे सर्वोच्च अदालत पुगेर जवाफ दिएका छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनीमाथि मुद्दाबारे बोलेर अदालतको अवहेलना गरेको भन्दै रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफसहित सर्वोच्चमा उपस्थित हुने आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चलाई दिएको जवाफमा प्रचण्डले आफ्ना अभिव्यक्तिले अदालतको अवहेलना हुनै नसक्ने बताएका छन् । बरु आफूले संविधानविरुद्ध गएर प्रतिनिसभा विघटन गरेका प्रधानमन्त्रीको गलत कार्यलाई जनतामाझ सुसूचित गरेको प्रचण्डले जवाफमा उल्लेख गरेका छन् ।

प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

उनले आफूमाथि लगाइएको आरोप झट्टा रहेको बताउँदै भनेका छन्, ‘माघ ९ गतेको आमसभामा मैँले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधान विरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको कुरालाई सम्मानित अदालतसँग जोड्ने काम गरी अदालतलाई धम्की दिएको भन्ने दाबी झट्टा हो ।’

यस्तो छ प्रचण्डको जवाफको पूर्णपाठ