काठमाडौँ – भारतीय बजारमा नेपाली बिजुली बेच्ने बाटो खुला गरेको छ । अन्तरदेशिय विद्युत् व्यापारसम्बन्धी निर्देशिका कार्यान्वयनका लागि भारतले एक कार्यविधि जारी गरी भारतीय बजारमा नेपाली बिजुली बेच्न परेको कानूनी बाधा हटाएको हो ।


ADVERTISEMENT


दुई वर्ष अघि नेपाल भारत ऊर्जा सचिवस्तरीय वैठकले नै नेपाली बिजुली भारतीय बजारमा बेच्ने बाटो खुला गरेकोमा छुट्टै कार्यविधि भने २ वर्षपछि मात्र जारी गरेको हो ।


ADVERTISEMENT

# # #


यद्यपि, भारतले आफूसँग विद्युत ब्यापार सम्झौता भएका देशका लगानीकर्तालाई मात्र भारतीय बजारमा प्रवेश दिने प्रावधान कार्यविधिमा राखेको छ । कार्यविधिमा भारतसँग सम्झौता नभएका र तेस्रो देशको व्यक्ति वा कम्पनीको लगानी तथा नियन्त्रण रहेको विद्युत् खरिद नगर्ने उल्लेख गरिएको छ ।