काठमाडौँ – सरकारले वैदेशिक व्यापारका लागि आवश्यक एचएस  कोड उपलब्ध गराएपछि पहिलोपटक नेपालबाट सुनका गहना निर्यात हुन थालेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्षदेखि सुनका गहना निर्यात हुन थालेको हो ।


ADVERTISEMENT


चालू आर्थिक वर्षको पहिलो ७ महीनामा करीब साढे १२ करोडको सुनका गहना निर्यात भएको छ । विभागका अनुसार यस अवधिमा नेपालबाट रू. १२ करोड ३६ लाख बराबरको सुनका गहना निर्यात भएको हो ।


ADVERTISEMENT

# # #


विभागकाअनुसार नेपालबाट अमेरिका, अस्ट्रेलिया र हङकङ गरी तीनवटा देशमा सुनका गहना निर्यात भएको छ ।

अघिल्ला वर्षमा पनि निर्यात हुने गरेको चाँदीका गहनाको निर्यात भने यस वर्ष घटेको छ । अघिल्लो वर्ष पहिलो ७ महीनामा १६ करोडको चाँदीका गहना निर्यात भएकोमा यस वर्ष ५ करोडले गहना निर्यात घटेको छ ।