गैर आवासीय नेपाली संघ (एनआरएनए)को सह कोषध्यक्षका लागि उम्मेद्वारी दिएका राम खरेल (अमेरिका) संग गरिएको कुराकानी


ADVERTISEMENT


एनआरएनएको सम्मेलन कत्तिको लागिरहेको छ ? चुनावी माहोल कस्तो छ ?


ADVERTISEMENT

# # #


सम्मेलन सन् २००३ सालदेखि सुरु भएको हो । सन् २००५ सालमा म एनआरएनएको विश्व सम्मेलनमा सहभागी भएँ । त्यहाँदेखि मैले गैरआवासीय नेपाली संघका कुनैपनि अन्तराष्ट्रिय र क्षेत्रीय सम्मेलन छुटाएको छैन । जुन सुकै देशमा भएपनि म पुगेकै छु । त्यो हेर्दाखेरी यसपालीको माहोल पहिलाको भन्दा निकै तातेको छ । किनभने सँधै हामी थोरै व्यक्तिहरु र थोरै देशहरु हुन्थ्यौँ । यती ठूलो घुईँचो हुँदैनथ्यो । तर यसपाली त्यो सङ्ख्या तीन गुणा बढी भएको छ । २७/२८ सय प्रतिनिधिले दर्ता गरेको अवस्था छन् । यसपाली के देखिएको छ भने सबैतिरबाट आ–आफ्ना उम्मेद्वारलाई सघाउनका लागि निरन्तर लागिरहनु भएको छ । चुनावी प्रधारप्रसार एकदमै बढिरहेको छ ।

यसमा तपाईको उम्मेद्वारी कुन रुपमा आइरहेको छ ?

अघि नै भनिहालेँ, म यो संस्था २००५ देखि लगातार सहभागी भएर २००७ देखि २००९ सम्म अमेरिकाको बोर्ड सदस्यमा काम गरेँ । त्यसपछि आइसीसीका विभिन्न तहहरु पार गर्दै यो अवस्थामा आइपुगेको छु । निरन्तर यो संस्थामा रहेकोले अझैँ पनि काम गरिरहन मन लाग्दो रहेछ । यो बच्चा हो र यसको संरक्षण होस् भन्ने उद्देश्यले म लागेको हुँ । युरोप, अमेरिकाका धेरै साथीहरुसंग सल्लाह गर्दा तपाईले कुनै पनि पदका लागि उम्मेद्वारी दिनुस् भन्ने भएपछि म लागेको छु । यो भन्दा अगाडी मैले हार बेहोर्नु पर्यो । त्यो भएकाले यसपाली सबैसंग सल्लाह गरेर सह कोषाध्यक्ष पदमा तपाईँलाई सहयोग गछा भनेपछि म तम्सिएको छु ।

२००७ देखि अहिलेसम्म म ‘बाइलज कमिटी’मा बसेर काम गरिरहेको छु । अहिले पनि अमेरिका रिजनको ‘कन्सटिच्युसन कमिटी’को प्रमुख छु । पहिले ‘ग्लोबल एड्भाइजर’ पनि भएको हुँ । यी सबै कुरा बुझेको र अहिले संस्थामा देखिएको कमजारीहरुलाई पनि समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले म अगाडी बढिरहेको छु । मेरो आफ्नै प्रतिवद्धता पत्र छैन । किनभने हामीले घोषणापत्र लामो बनाउनुको कुनै जरुरत नै छैन । हामी संस्थाको मुल्य र मान्यता अनुसार आएका समस्यालाई समाधान गर्दै जाने हो । प्रायगरी अध्यक्षका जुन एजेण्डाहरु छन् तिनैलाई अगाडी सारेर हामीले काम गर्ने हो । त्यसैमा अरुले सघाउनु पर्छ । मेरो हकमा मैले के गरेको छु भन्दा गल्तीलाई स्वीकार गर्दै पारदर्शिता ल्याउन र संस्थामा कुनैपनि किसिमको राजनीतिक भेदभाव, पैसाको होडबाजी र जातियता, धार्मिक भेदभावको कुरा नआओस् भनेर म अगाडी बढिरहेको छु ।

एनआएनएले देशको विकासका लागि तथा एनआरएनको हितका लागि अब गर्न पर्छ ?

एनआरएनएको मूल उद्देश्य के हो भने ‘एक पटकको नेपाली सधैँका लागि नेपाली, नेपालीका लागि नेपाली’ भनिरहेका छौँ । संसारका विभिन्न देशहरुमा रोजगारीको वा अन्य कामले गइरहेका छन् । सुरुमा यसको उद्देश्य के थियो भने अब हामी विदेशमा जान्छौँ, त्यहाँ आफुले आर्जेेका सीप र सम्पतीलाई आफु बाँचेर, आफ्नो परिवारलाई बँचाएर केही हदसम्म नेपाल भित्र्याउने र त्यसबाट समृद्ध नेपाल बनाउने भन्ने उद्देश्य एनआरएनएको हो । त्यो भइसकेको छैन । मिडियाका अगाडी हामी नेपाल सरकारले अनुमति दियो भने हामी नेपालमा पैसाको खोलो बगाइदिन्छौँ भनेर भन्छौँ । तर हामी आफैले पनि त्यो खोलो देखेका हुँदैनौँ । खोलो नदेखेको मानिसले बगाउने त कुरा भएन । त्यसमा हाम्रा पनि केही गल्ती कमजोरीहरु छन् । बोले अनुसार पुगिरहेको छैन । विगतका राम्रा कुराहरुलाई निरन्तरता दिनु पर्छ ।

अन्त्यमा एनआरएनएका विश्वभरी रहेका भोटरहरुलाई के भन्नुहुन्छ ?

गैर आवासीय नेपाली साथीहरुलाई म के भन्न चाहान्छु भने सम्मेलनका लागि नेपाल आएका र आउनहरुलाई सबैभन्दा पहिला त जन्म भूमीमा यहाँहरुलाई स्वागत छ । त्यसपछि एनआरएनएको चुनावमा सहभागी भइ मैले लामो समयसम्म गरेको योगदानलाई ध्यानमा राख्दै तपाईहरु आफैले मूल्याङ्कन गरेर यसपाली मलाई विजयी गराउन विशेष अनुरोध गर्दछु । एनआरएनएको सह कोषध्यक्षको पदका लागि मलाई भोट गरी यसपाली यहाँहरुको सेवा गर्ने मौका दिनुहुने कुरा मैले आशा गरेको छु । साथै आउन लागेको शुभ दिपावलीको शुभकामना दिन चाहान्छु ।