सिङटन – अमेरिकामा २३१ यात्रुसहित उडेको विमान दुर्घटना भएको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेर विमानका टुक्राहरु खसेका थिए ।


ADVERTISEMENT


बोइङ ७७७ उक्त विमानमा १० जना चालक दलका सदस्य थिए । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । विमानमा आगो लागेपछि टुक्राहरु जमिनमा खसेका दृश्य विभिन्न मिडियाले समेत सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT

# # #


यद्यपि विमानका यात्रुहरु सकुशल भएको बताइएको छ । शनिबारको उक्त दुर्घटनाबाट बचाएर पाइलटले डेनबरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गराएका थिए ।

डेबरदेखि होनोलुलुका लागि उड्ने क्रममा विमानमा आगो लागेको हो । तर कसरी आगो लाग्यो भन्नेबारे यकिन विवरण आइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विमानको दायाँ तर्फको भागमा आगो लागेको थियो । आगो लाग्दा लाग्दै पाइलटले सुरक्षित तवरमा विमान अवतरण गराएका हुन् ।