मोरङ– विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरेको हो ।


ADVERTISEMENT


तीन कठ्ठा क्षेत्रफलमा रु तीन करोड १४ लाख ८२ हजार ४२५ लागतमा निर्मित तीन तले भवनमा २३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महान्यायाधिवक्ता खरेलले तीन वर्षमा देशभरिमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी दिँदै अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यले ठूलो लगानी गरेको बताए। मोरङ अदालतका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने विचार व्यक्त गरे । रासस