काठमाडौँ – नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ ।


ADVERTISEMENT


उनको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल ओखलढुंगाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए ।


ADVERTISEMENT

# # #


दाहालले नेपाली कांग्रेसद्वारा संचालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए । उनी राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए ।

दाहालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

दाहालको निधनप्रति नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् । दाहालको आजै अपरान्ह ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।