काठमाडौँ– आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको पहिलो खेलमा हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


हङकङस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनायो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन । घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए । इशान नवाज १६ रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २ – २ विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो ।

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । आजको खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।
यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।

अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।