काठमाडौँ– सुनसरी कांग्रेसले जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका उम्मेद्वारहरु
सिफारिस गरेको छ ।


ADVERTISEMENT


पार्टीमा कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट छनौट गरेर उम्मेद्वार सिफारिस गरेको हो ।
यसै क्रममा युवा नेता बाबुराम आचार्य पनि क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् ।


ADVERTISEMENT

# # #


गाँउबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट सिफारिस भएर आएपनि जिल्लासंगको समन्वयमा उक्त क्षेत्रमा
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्बाचन लड्ने मनशाय देखाएर नाम सिफारिस गरेपछि समानुपातिकमा नाम
सिफारिस गर्न आचार्य सहमत भएका हुन् ।

२० बर्षदेखी निरन्तर पार्टीमा सकृय युवा नेता आचार्य (महेन्द्रनगर चक्रघट्टी) हाल बराह नगरपालिका ७ का स्थायी
बासिन्दा हुन् । महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघ राजनीतिमा सकृय भएका नेता आचार्य हाल तरुणदलमा सकृय
छन् । माओबादी कालमा काँग्रेस भएकै कारण पटक पटक माओबादीबाट सांघातिक हमला तथा अपहरणको सामना
गरेका आचार्य स्थानीय जनतासामु लोकप्रीय नेता मानिन्छन् ।

पोखरा माहाधिवेशनमा सम्पन्न नेपाल तरुण दलको माहासचिबको लागि उम्मेद्वारी दिएर चर्चामा आएका आचार्य
नीडर तथा शसक्त युवा नेताको रुपमा परिचित छन् ।

उनी लामो समयदेखी सामाजिक कार्यमा कृयाशील रहदै आएका छन् । उनलाई नेपाली काँग्रेस जिल्ला
कार्य समिति सुनसरीले समानुपातिक तर्फको कोटामा सिफारिस गरेको हो ।

जिल्लाबाट सिफारिस भएर आएका आचार्यलाई उनले विगतमा गरेको योगदानका कारण समानुपातिक उम्मेद्वारका
रुपमा छनौट गर्ने बलियो संभाबना रहेको छ ।