सुनसरी – सिद्धबाबा भनिने कृष्ण बहादुर गिरिमाथि लागेको बलात्कारको मुद्दामा फैसला गर्दै सुनसरी अदालतले महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरेको फैसला गरेको छ । अदालतले गत मंसिर २२ गते नै उनलाई सफाइ दिएकोमा २ महीनापछि उक्त फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले सिद्धबाबाले महिलाको सहमतिमै करणी गरेको बताएको छ ।


ADVERTISEMENT


२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले आफूमाथि करणी गरेको भन्दै ती महिलाले २ महीनापछि प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।


ADVERTISEMENT

# # #


फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण बाबाजीले करणी गरेकाले जबरजस्ती मान्न नसकिने उल्लेख छ । यद्यपि, सिद्धबाबा भनिने गिरिले भने आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका थिए । यता महिलाले भने डर, त्रास र अनुचित प्रभावमा पारेर सिद्धबाबाकले डर धम्की देखाएको कारण तत्काल घटना बाहिर ल्याउन नसकेको आफूमाथि उनले बलत्कार नै गरेको आरोप लगाउँदै आएकी छन् ।

बलात्कारको अभियोग लागेपछि सुनसरी जिल्ला अदालतबाट सफाइ पाएपछि उक्त फैसलामा असहमति जनाउँदै सरकारी वकिल कार्यालयले सिद्धबाबा भनिने गिरीविरुद्धको मुद्दालाई अब उच्च अदालतमा लैजाने तयारी गरेको छ ।

पूर्णपाठ

https://drive.google.com/file/d/1KdLT2nNkVbz7lUZJrxV2gpgI3bgm3aK_/view