काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।


ADVERTISEMENT


दिउँसो साढे १२ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् ।


ADVERTISEMENT

# # #


गुरुङले अध्यक्षमा उम्मेदवारी दिने तयारी अन्तिम समयमा तय भएको हो । ‘खासगरी एनआरएनए भवन र लाप्राक नमूना बस्तीमा विभिन्न पक्षबाट खोट देखाउने काम भयो,’उनी निकट एक स्रोतले भन्यो, ‘दुवै परियोजना पूरा गर्न जमुनाजीले नेतृत्व लिनैपर्ने भयो ।’

एनआरएनए अध्यक्षमा यसअघि नै वर्तमान उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङको उम्मेदवारी घोषणाले भट्टलाई सर्वसम्मत बनाउने तयारीमा धक्का लागेको छ ।