काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आज बुटवलमा बृहत आमसभा गर्दैछ । नेकपाको लुम्बिनी प्रदेशको आयोजनामा उक्त आमसभा हुन लागेको हो ।


ADVERTISEMENT


सभा बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा दिउँसो ११ बजेपछि हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।


ADVERTISEMENT

# # #


आमसभालाई प्रधानमन्त्री केपी शर्माओलीले सम्बोधन गर्दैछन् । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोकेपछि नेकपा ओली र प्रचण्ड–माधव गरी दुई समूमा विभाजित भएको छ ।

प्रचण्ड समूहले प्रतिनिधिसभा विघट असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सडक प्रदर्शन गरिरहेको छ भने ओली समूहले पार्टीले सरकारलाई काम गर्न नदिएकाले संसद विघटन गरेर नयाँ जनादेशमा जानु परेको भन्दै जनतालाई फकाउन आमसभा गर्दै आएको छ ।

बुटवलको आमसभा पनि त्यसकैको शृंखला हो । यसअघि नेकपा ओली समूहले सुदूरपश्चिमको धनगढी, प्रदेश २ को जनकपुर, काठमाडाँैमा आमसभा गरिसकेको छ भने गण्डकी प्रदेशको पोखरामा तथा प्रदेश १ को विराटनगरमा पनि आम सभा गर्दैछ ।

हाल प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई ।

Posted by Shankar Pokhrel on Wednesday, February 10, 2021