• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैनन्

Oct 12, 2017 |

दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैनन्

576
SHARES
ShareTweet

कञ्चनपुर,
२६-असोज (रासस) / खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँगै शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशाला गोष्ठिका सहभागी वडाध्यक्षले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय नै निर्माण नगरेको बताउनुभएको हो ।
ढांणाका ४० परिवार राना थारू समुदाय, टमटा टोल, बूढीनाला र आसापुर क्षेत्रका दलित र विपन्न परिवारसँग शौचालय नहँुदा खोला, किनारा र खेतमा शौच गर्नका लागि जाने गरेको पाइएको वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर बिष्टले बताउनुभयो ।

“आर्थिक अवस्था कमजोर रहेका कारण ती परिवारले नगरपालिकाले सबै सेवासुविधा रोक्दासमेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएका हुन्”, उहाँले भन्नुभयो । शौचालय निर्माण गरिएका भए पनि जनचेतनाको अभावका कारण अधिकांश स्थानीय बासिन्दाले प्रयोगमा ल्याएका छैनन्, वडा नं ८ का वडाध्यक्ष बहादुर सिंह महराले भन्नुभयो, “धेरैले शौचालयमा दाउरा राख्ने र घाँस थन्क्याउने ठाउँका रुपमा प्रयोग गरेको पाइएको छ ।”

“मन्दिर र सार्वजनिक अधिकांश स्थानमा शौचालय नै छैनन्”, वडा नं १ का वडाध्यक्ष हरिश बिष्टले भन्नुभयो, “भएका ठाउँमा पनि सरसफाइको व्यवस्था नहँुदा अलपत्र परेका छन् ।” विद्यालयमा कक्षाकोठाभन्दा बढी शौचालय भए पनि सरसफाइ नगरिँदा दुर्गन्धित अवस्थामा विद्यार्थीले बाध्यतावश प्रयोग गर्नु परिरहेको उहाँले बताउनुभयो । अव्यवस्थित बस्तीमा शौचालय नै नहँुदा पूर्ण सरसफाइमा बाधा परेको वडा नं ११ का वडाध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार वडाका अधिकांश परिवारले छोरी–बुहारी छाउपडी हुँदा शौचालय प्रयोग गर्न नदिने रूढीवादी चलनका कारण खेत, खोला र झाडीमा शौच गर्न बाध्य हुने गरेका छन जसबाट वातावरण दुर्गन्धित बनेको छ । नगरपालिकाका सबै बासिन्दाको शौचालयको पहुँच पु¥याउनका लागि सबैको सहयोगको खाँचो रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत गौराजबहादुर लिम्बूले बताउनुभयो । यसका लागि नगरपालिकासँग हातेमालो गरी अगाडि बढ्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नगरपालिकामा बसोबास गर्ने बासिन्दामध्ये पक्की शौचालयको प्रयोग गर्ने आठ हजार ५०९ र कच्ची प्यान सिट सहितको शौचालय प्रयोग गर्ने परिवारको सङ्ख्या १५४ रहेकोे प्रतिवेदन घोषणा सभामा पेश गरिएको थियो ।
-(रासस)

#




#
#

#







#




#

#


Share:

Rate:

Previousउर्लाबारी-रवि सडक : ४५ वर्षपछि बन्यो पूर्वको तराई-पहाड जोड्ने द्रुतमार्ग
Nextगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै सम्पन्न गर्न निर्देशन

ताजा खबर

  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड
  • प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved