काठमाडौँ – सरकाले सामाजिक सञ्जालको प्रयोगलाई नियन्त्रण र व्यवस्थित गर्न ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका-२०७७’ जारी गर्ने भएको छ ।


ADVERTISEMENT


सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्रालयले उक्त निर्देशिका ल्याउन लागेको जानकारी दिएका छन् । दर्ता नै नभएका सामाजिक सञ्जालहरु फेसबुक, युट्युब अनलाईजस्ता माध्यामहरुको विकृति रोक्न उक्त निर्देशिका ल्याइने मन्त्री गुरुङले बताए ।


ADVERTISEMENT

# # #


स्वतन्त्रताको उपभोग गर्ने नाममा लामो राजनीतिक द्वन्द्वबाट स्थापित लोकतान्त्रिक पद्दतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने अभिव्यक्ति र त्यसको प्रशारण खेदजनक भएकोले त्यसलाई रोक्न निर्देशिका ल्याउन लागेको उनले बताए ।

उनले सामाजिक सञ्जाल सञ्चालनसम्बन्त्री निर्देशिकाले संविधानले प्रद्दत गरेका अधिकारहरुको हनन् नहुने मन्त्री गुरुङले जानकारी दिए । ‘संविधानले दिएको सञ्चार, सूचना र प्रेस वाक स्वतन्त्रताको हकको पूर्ण पालना गर्न सरकार प्रतिबद्ध छ ।’ सञ्चारमन्त्री मन्त्री गुरुङले भने, ‘तर, पछिल्ला दिनहरुमा अभिव्यक्ति स्वतन्त्रताका आडमा छाडा, उत्तेजक र व्यक्तिकेन्द्रित, सम्मानित अदालत र राष्ट्रपतिजस्ता संस्थामाथि पनि त्यही अभिव्यक्ति दिने र त्यसलाई सामाजिक सञ्जाल र केही जिम्मेवार अनलाईहरुले प्रशारण गर्ने पाइएको छ ।’