काठमाडौँ – राष्ट्रिय युवा संघको संयोजकमा रमेश पौडेललाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT


युवासंघको दोस्रो पूर्ण बैठकबाट राम प्रसाद सापकोटाले संगठनको हित विपरित काम गरेको भन्दै उनलाई उक्त जिम्मेवारीबाट हटाएर पौडेललाई नेतृत्व दिइएको हो । पौडेलले यसअघि युवा संघको सहसंयोजकको जिम्मेवारी सम्हालिरहेका थिए ।


ADVERTISEMENT

# # #


नेकपामा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच विवाद बढ्दै गएपछि नेकपाका भातृ संगठनमा पनि यसको प्रभाव पर्दै गएको छ । सापकोटा प्रचण्ड–नेपाल समूहका नेता हुन् भने पौडेल ओली निकट मानिन्छन् । नेकपाभित्र आएको विवादपछि सापकोटा प्रचण्ड–नेपाल समूहमा समावेश हुँदै प्रधानमन्त्री ओलीको विरोधमा उत्रिएका थिए ।

आइतवारको वैठक पौडेललाई जिम्मेवारी सुम्पिँदै राजनीतिक, सांगठिक प्रतिवेदन र विधानका विषयमा सोमवार (आज) छलफल गर्नेगरी बैठक टुङ्गिएको छ ।