काठमाडौँ – प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको टाउकोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका वडा नं–६ का सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका–१२ का सुजन थिङ र मिङमार मोक्तान रहेका छन् ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले उनीहरुलाई शुक्रबा सुन्धारास्थित काठमाडौँ मलअगाडीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनील्ँर्य खानतलासी गर्दा संरक्षित चितुवाको दाह्रा सहितको एक थान टाउकोको फेला परेको र बेच्नका लागि हिंडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाणडौ पठाइएको महाशाखाले जनाएको छ ।