दोलखा– शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेकाले पनि सो दिनहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जनाएका छन् । ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औ लाङ म्हे(गाई वर्ग) ल्हो सोनाम ल्होछार मनाउँदै छन् ।


ADVERTISEMENT

# # #


यस्तै, गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रर्वधन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए ।

काभ्रेपलाञ्चोकमा पनि ल्होसारको दिन सार्वजनिक बिदा

बनेपा–काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष दिननाथ गौतमले पनि सोनाम ल्होछारको प्रर्वधन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको जानकारी दिए ।

गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यसअघि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेको छ । रासस