पाल्पा – डेढ महीनादेखि हराएकी पापाल्पा–तानसेन नगरपालिका ८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको छ।


ADVERTISEMENT


गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव आज जंगलमा भेटिएको छ।


ADVERTISEMENT

# # #


माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो।

चिदी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए। – रासस