काठमाडौं,
२२ असोज /  भ्रष्टाचारमा मुछिएको भन्दै सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।


ADVERTISEMENT


आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ।


ADVERTISEMENT

# # #


खड्काले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न  अन्तरिम आदेश माग गर्दै असोज ४ गते सर्वोच्चमा रिट दिएका थिए।

आफुलाई चारवर्षका लागि नियुक्त गरिएको र अझै डेढवर्ष आफ्नो कार्यकाल रहेको रिटमा उल्लेख थियो।  सरकारले आफुविरुद्धका आरोप प्रमाणीत गर्ने मौका र आफ्नो सुनुवाई नगरि गैर कानुनीरुपमा हटाएको जिकिर खड्काले लिएका थिए।

इन्धन भण्डारण क्षमता विस्तार गर्न निगमले सातै प्रदेशमा जग्गा किनेको थियो। उक्त जग्गा किनबेचको क्रममा व्यापक अनियमितता भएको भन्दै सर्वत्र आलोचना भएको थियो। निगमको जग्गा खरिद गर्दा व्यापक अनियमितता गरेको प्रकृया पुरा नगरेको र भ्रष्टाचार गरेको सार्वजनिक भएपछि संसदले पनि उनलाई हटाउन सरकारलाई पटकपटक निर्देशन दिएको थियो।

सर्वत्र आलोचना भएपछि सरकारले असोज २ गते खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
-सेतो पाटी